Media Network

मजदुरहरुबीच झडप हुँदा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा मजदुरहरुबीच एक आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको छ ।  

लिम्बुलाई कुटपिट गरेको आरोपमा मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शनिबार राति नै प्रहरीले पक्राउ गरेको छ । 

टोखा–१ मालुङस्थित निर्माणाधिन घरमा काम गर्ने उनीहरूबीच झगडा हुँदा दिपेन गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद