प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना४ख ४४५४ नंको बस आज बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाइ छ । घाइते भएकाहरूलाई चितवन अस्तपल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।