मान्छे मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
मान्छे मार्ने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले मंगलबार दिउँसो मान्छेको ज्यान लिने एउटा भाले बाघ नियन्त्रणमा लिएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका आइतबार बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले आक्रमण गरेर ज्यान लिएको थियो ।

त्यसपछि बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ।