Media Network

मनोज पाण्डेविरुद्ध थप दुई युवतीद्वारा बलात्कारको आरोप

खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं । प्रहरी हिरासतमा रहेका सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डेविरुद्ध एक युवतीले बलात्कार गरेको आरोप लगाएका छन् भने दुई युवतीले ‘बलात्कार प्रयास’को आरोप लगाएका छन् ।२०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगीता आयोजना गरेका मनोजले प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेका युवतीले सामाजिक संजालबाट मनोजले बलात्कार गरेको आरोप लगाएपछि मनोज शनिबार पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा रहेका पाण्डेविरुद्ध बलात्कारसम्बन्धी थप दुई आरोप लागेको छ । आइतबार दुई युवतीले मनोजले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएका हुन् ।दुई युवतीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि मनोजबाट पीडित भएको बताएका छन् ।

अपराध अनुसन्धान कार्यालयका अनुसार सम्पर्कमा आएका दुईजना पीडितले मनोजले ‘बलात्कार प्रयास’ गरेको दावी गरेका हुन् ।बुधबार साँझ बलात्कारमा परेका युवतीले भिडियो सार्वजनिक गरेपछि कारवाहीको माग गदै दैनिकजसो प्रदर्शन भइरहेको छ । यसैक्रममा मनोजलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो 

Share:
Reaction :
ताजा समाचार
खेलकुद