Media Network

मन्त्री आलेविरुद्ध अधिकारीले दिए प्रहरीमा उजुरी


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौ । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिएका छन् ।

आलेबाट हातपात र दुर्व्यवहार भोगेका अधिकारीले दुवै कार्यालयमा आफैँ उपस्थित भएर बुझाएको निवेदनमा मन्त्री आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख छ ।

आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ।पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीमाथि हातपात गरेको घटना हिजो बाहिरिएको थियो । अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर आलेले अश्लील गालीगलौज गर्दै कार्यकक्षमै हातपात गरेको भनिएको छ  ।

आफूले सिफारिस गरेका मान्छेलाई जागिर दिन ढिला गरेको झोंकमा मन्त्री आले आवेगमा आएका थिए । तर पर्यटनमन्त्रीको सचिवालयले मन्त्रालयमा यस्तो घटना नभएको दाबी गर्दै विज्ञप्ति समेत निकालेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद