Media Network

मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा बिहीबार रिट दर्ता भएको हो ।यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरेकोे थियो। त्यसविरुद्ध पनि निवेदन दिएपछि सवोच्चका न्यायधिश टंक मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरेको थियो।

रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको र‘निज सो पदमा बसिरहन असक्षम रहेको भनिएको छ । साथै निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा उल्लेखित छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद