Media Network

मुस्ताङको रेष्टुरेन्टमा १६ वर्षीया किशोरी बलात्कृत


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ। मुस्ताङमा १६ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद