Media Network

मोटरसाइकलको चक्कामा सल बेरीएर लड्दा एक युवतीको मृत्यु


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

मोरङ। मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लड्दा मंगलबार बेलुकी मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा एक युवतीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् । मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद