म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशोर पक्राउ


खबरस्टोरी संवाददाता
२१ बैशाख २०७९, बुधबार
म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशोर पक्राउ
काठमाडौँ । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।