Media Network

नोबेल अस्पतालका डाक्टर मृत भेटिए


खबरस्टोरी संवाददाता

१९ चैत्र २०७८,शनिबार

बिराटनगर । बिराटनगरस्थित नोबेल अस्पतालका एक जना डाक्टर आज बिहान मृत अवस्थामा भेटिएका छन् ।

सप्तरीको राजविराजका २८ वर्षीय डाक्टर विजय यादव उनी कार्यरत् नोबेल अस्पतालको अगाडि मृतावस्थामा भेटिएका प्रहरीले जनाएको छ । डाक्टर यादव उक्त अस्पतालको अर्थोपेडिक वार्डमा तीन वर्षदेखि कार्यरत् थिए ।

घटनास्थलबारे थप अनुसन्धान अगाडि बढाईसकेको मोरङ प्रहरीले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद