Media Network

निलम्बनमा परे सिराहाका एसपी पाण्डे


खबरस्टोरी संवाददाता

२१ पुष २०७८,बुधबार

काठमाडौं । नेपाल प्रहरीका उपरिक्षक (एसपी) हिराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादवसँग परेको विवादका कारण एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो भने सो स्थानमा अर्का एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ ।एक अभियुक्त छाड्नका लागि यादवले दिएको दबाब पाण्डेले नमानेपछि दुई बिच विवाद सुरु भएको थियो। 

लगत्तै सिराहा काग्रेंस सभापति यादवको निवासमा मध्यरातमा पेस्तोल बोकेर एसपी पाण्डे पुगेको भन्ने घटना सतहमा आएतापनि आधिकारीक पुष्टि भने भएको छैन्, यघपी विवादको कारण भने अभियुक्त छाड्न दिएको दबाबले नै निम्त्याएको बताईएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान जारी रहेको बताएको छ ।







Share:
Reaction :
ताजा समाचार
खेलकुद