Media Network

निलम्बित डीएसपी सिंह किर्ते मुद्दामा दोषी ठहर


खबरस्टोरी संवाददाता

३० चैत्र २०७८,बुधबार

काठमाडौं । नेपाल प्रहरीका निलम्बित डीएसपी रमेशबहादुर सिंहलाई किर्ते मुद्दामा अदालतले दोषी ठहराएको छ ।

किर्ते गरी उमेर सच्याएर जागिर खाएको अभियोगमा सिंहविरुद्ध ३० असार २०७७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर भएको छ । २६ वर्षको उमेर हुँदा नागरिकताको प्रतिलिपि बनाई २५ वर्ष बनाएर इन्सपेक्टरमा भर्ना भएका थिए । नागरिकतामा उनले उमेर सच्याएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

गत २५ चैतमा बिशेष अदालतका अध्यक्ष श्रीकृष्ण पौडेल तथा न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलाशले उनलाई दोषी ठहर गरेको हो ।उनले २०३२–१०–१२ जन्ममिति राखेर बझाङबाट नागरिकता बनाएका थिए । २०५८ सालमा प्रहरीको इन्सपेक्टर खुल्दा उनी २६ वर्ष पुगिसकेका थिए । त्यसपछि नागरिकता हराएको बहानामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले प्रतिलिपि लिए । जसमा जन्म मिति एक वर्ष बनाएर २०३३–१०–१२ बनाइएको थियो । सोही नागरिकताका आधारमा शैक्षिक प्रमाणपत्रहरुमा समेत जन्ममिति सच्याइएको थियो । यसबारे अख्तियारमा उजुरी परेपछि उनी फन्दामा परेका हुन् ।

डीएसपी सिंह इन्सपेक्टरका रुपमा ललितपुरमा कार्यरत रहँदा घुससहित पक्राउ परे पनि बिशेष अदालतबाट सफाई पाएका थिए । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद