Media Network

नेपाल हाउस रेस्टुरेन्टमा २१ वर्षीया विद्यार्थी बलात्कृत


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं।  काठमाडौंको हात्तिसार स्थित नेपाल हाउस रेस्टुरेन्टमा इन्टर्नसीपका लागि गएकी  २१ वर्षीया एक विद्यार्थी बलात्कृत भएकी छन्। अन्य पाँच जना विद्यार्थीसँगै उनी गत शुक्रबार नेपाल हाउस पुगेकी थिइन्।  

रेस्टुरेन्टका सञ्चालक क्षितिज लामिछानेको शुक्रबार वैवाहिक वर्षगाँठको अवसरमा पार्टी आयोजना गरिएको थियो। पार्टीकै लागि लामिछानेले ती विद्यार्थीहरुलाई बोलाएको प्रहरीको भनाइ छ। लामिछाने गेट कलेजमा अध्यापनसमेत गराउँदै आएका छन्। गेट कलेजका अन्य विद्यार्थीहरुसमेत त्यही 'इन्टर्न' गर्दै आएका छन्।

पार्टी चलिरहेकै अवस्थामा रेस्टुरेन्टमा कार्यरत जीवन केसीमाथि ती विद्यार्थीलाई बाहिर बोलाएर बलात्कार गरेको आरोप लागेको छ। दोलखा घर भएका केसी वेटरको रुपमा कार्यरत रहेको र शुक्रबार राति साढे १० बजे 'स्मोकिङ जोन'मा लगेर बलात्कार गरेको पीडित विद्यार्थीले प्रहरी समक्ष बयान दिएकी छन्। प्रहरीका अनुसार केसीले 'कोल्ड ड्रिङ्स'मा मदिरा मिसाएर खुवाएको र नशा लागेपछि बलात्कार गरेका थिए।

नेपाल प्रहरीको दरबारमार्ग वृत्तबाट गएको टोलीले केसीलाई शुक्रबार प्रक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख सुदीप गिरीले जनाएका छन्  । 

पीडित विद्यार्थीले परिसरमा जाहेरी दिएकी छन्। घटनाको अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले आरोपित केसीलाई सोमबार ७ दिनको म्यादसमेत थपेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद