Media Network

नेपाल इञ्जिनियरिङ कलेजको ५० करोड ठगी प्रकरणका ६ आरोपीले पाए सफाई


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौ । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दाका ६ जना आरोपीले सफाई पाएका छन् ।

सोमबार भक्तपुर जिल्ला अदालतले आरोपी लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ दिएको हो ।

न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको दाबी मुद्दामा गरिएको आरोप लागको थियो ।सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा माग दावी गरिएको थियो ।

त्यस्तै प्रतिवादीहरू रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, लवराज भट्टराईबाट ६ करोड ३४ लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने माग दाबी थियो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद