Media Network

नेपाल प्रहरीका डीआईजीले पाए जिम्मेवारी


खबरस्टोरी संवाददाता

१० बैशाख २०७९,शनिबार

काठमाडौ । नेपाल प्रहरीमा हालै मात्र बढुवा भएका डीआईजीहरूको पदस्थापना भएको छ ।  गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिंहको सरुवा गरेको छ । यस्तै बाग्मती प्रदेशमा रहेका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्र प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद