Media Network

नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खुलायो


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा नयाँ विज्ञापन खुलाएको छ । सेनाले २२९ जना अधिकृत क्याडेटका लागि विज्ञापन खुलाएको हो ।खुलातर्फ १२० जनाको कोटासहित शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।

आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद