Media Network

नर्भिकको नाम भजाएर अष्ट्रेलिया जानुअघि गरिने मेडिकल जाँचमा ठगी


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौँ । नर्भिक इन्टरनेशल अस्पतालले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमार्फत अष्ट्रेलिया जानुअघि गरिने मेडिकल जाँच छिटो गराइदिने भन्दै ठगी धन्दा चलाएको सार्वजनिक गरेको छ ।

यसैबीच अस्ट्रेलिया जानुअघि आवश्यक मेडिकल जाँच नर्भिक अस्पतालमा हुने जनाएको छ । मेडिकलका लागि डेट लिने वा छिटो डेट चाहिनेले अनलाइनबाटै आवेदन दिनु पर्ने हुन्छ ।

‘अष्ट्रेलियाका लागि मेडिकल जाँच गराउनु पर्नेले अनलाइनबाटै बुकिङ र छिटो डेट चाहिनेले अनलाइनबाटै रिसेड्यूल गर्नुबाहेक अर्को विकल्प नभएको समेत जानकारी गराउँद छौँ,’ अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । अस्पतालले अनधिकृत रुपमा विभिन्न गिरोहले दिएको प्रलोभनमा नफस्न र ठगिनबाट जोगिनसमेत आह्वान गरेको छ ।

नर्भिकको नाम दुरुपयोग गरी सर्वसाधारण ठगी गरिरहेको गिरोहको विषयमा अस्पताल व्यवस्थापनले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरीसमेत दिइसकेको जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद