काठमाडौं । गृह मन्त्रालयले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रहरी सरुवा बढुवा जारी राखेको छ । बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक एसपी विश्व अधिकारीको काज सरुवा गरिएको छ ।
अधिकारीलाई प्रहरी प्रधान कार्यालय काठमाडौंले अधिकारीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्ज काठमाडौंमा काज सरुवा गरेको हो । कैलालीमा प्रहरी प्रधान कार्यालय काठमाडौं नक्सालबाट सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ ।