Media Network

निर्वाचनलाई लक्षित गर्दै ६ एसपीको काज सरुवा


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ । 

आवश्यकताअनुसार काज खटाउनुपर्ने भएको भन्दै ६ जना एसपीलाई तोकिएको ठाउँमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । 

काज खटाइएका एपीहरुमा बाग्मती प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भएका रामेश्वर प्रसाद यादवलाई सिन्धुपाल्चोक खटाइएको छ । 

सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको छ । 

यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङ खटाइएको छ भने मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय पठाइएको छ । 

यसैगरी, गण्डकी प्रदेशका सशस्त्र प्रहरी गण मुख्यालय पोखराका एसपी ऋषिराम कडेललाई पश्चिम नवलपरासी तथा पश्चिम नवलपरासीका एसपी मनोजकुमार यादवलाई कडेलको दरबन्दी रहेको पोखरास्थित सशस्त्र प्रहरी गण मुख्यालयमा खटाइएको छ । 

पत्र हेर्नुहाेस्ः



Share:
Reaction :
ताजा समाचार
खेलकुद