Media Network

पब्जी खेल्दा आफ्नै साथीलाई गाेलीहानेपछि…


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौँ। सिरहाको लहानमा आफ्नै साथीले गोली हान्दा गोली लागेर एक युवक घाइते भएका छन् । साथीले चलाएको पेस्ताेलबाट निस्केकाे गोली पेटमा लाग्दा लाहान नपा-२२ बेलहीका करिब १८ वर्षीय दिलिप मुखिया घाइते भएका हुन् । 

मुखियाको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि धरान पठाएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

उनीहरू स्थानीय नवीन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोबाइलमा पब्जी गोम खेलिरहेका थिए । यही बेला १९ वर्षीय सुरज मुखियासँग भएको पेस्तोल लिएर १५ वर्षीय शुशान्त चौधरीले ख्यालठट्टामा गोली  चलाउदा मुखियाको पेटमा लागेको प्रहरीले जनाएको छ। 

प्रहरीले  दुई थान पेस्तोल र १२ थान गोलीसहित दुईनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी  कुमार मैनालीले बताए । 

उनीहरूले पेस्तोल र गोली कहाँबाट ल्याएको अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद