Media Network

पाँच जना सवार मोटरसाइकल दुर्घटना, चार जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१४ चैत्र २०७८,सोमबार

जनकपुरधाम । धनुषाको सबैलामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

सबैला नगरपालिका वडा नम्बर १२ स्थित बरकुर्वामा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल सोमवार बेलुका दुर्घटना हुँदा चार बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । 

घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पु¥याएको थियो । अस्पतालले चार जनालाई मृत घोषणा गरेको थियो । 

प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतकाअनुसार मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेका छन् । 

दुर्घटनामा घाइते १९ बर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद