Media Network

पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला


खबरस्टोरी संवाददाता

४ फाल्गुन २०७८,बुधबार

पोखरा। पोखराको अमरसिंहचोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु फेला परेसँगै यस क्षेत्रमा त्रास बढेको छ । एमसीसी सम्झौताविरुद्ध ६ दलीय गठबन्धनले नेपाल बन्द आह्वान गरेकै समयमा शंकास्पद वस्तु भेटिएको हो । 

यद्यपि, प्रहरी र सेनाको बम डिस्पोजल टोली पुगिसकेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । ठाउँठाउँमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ भने शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद