जबरजस्ती करणीको आरोप लागेको पीडित नाबालिग रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।स्रोतका अनुसार पीडितको जन्म दर्तामा उनको जन्म मिति २०६२ साउन रहेको भेटिएको छ ।
उक्त मिती अनुसार २०७८ साउनमा उनी १६ वर्ष पुगेको देखिन्छ भने घटनाको समयमा पिडितको उमेर १५ वर्ष ठहर्छ । प्रहरी अनुसन्धानका क्रममा पिडितको उमेर चित्रण गर्ने पहिलो र दरिलो हतियार नै जन्मदर्ता हो ।
जाहेरीसँगै प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गरेको थियो, जुन रिपोर्ट पनि पलविरुद्ध नै देखिएको घटनाको अनुसन्धानमा संम्लग्न एक अधिकारीले बताए ।आरोपी विरुद्ध दुवै प्रमाण बलियो देखिएको छ ।
यद्यपी पलले भने प्रहरीमा दिएको बयानमा आरोप भने अस्वीकार गरेका छन्। पलको दाबी भने घटना भएको स्थान होटलको बसाई सँगै भएतापनि करणी भने उनले अस्वीकार गरेका छन् । यसलाई आधार मान्ने हो भने पनि प्रहरीले अनुसन्धानका क्रममा भेटाएको प्रमाण र पिडितको मेडिकल रिपोर्ट दुवै उनी विरुद्ध देखिएको र यहाँनिर बयान र प्रमाण बाझिएको छ । हाल प्रहरीले थप अनुसन्धान जारी नै राखेकाले उनीविरुद्धको प्रमाण थप बलियो बन्दै गएको बयानका क्रममा उनको दाबी भने कमजोर बन्दै गएको छ ।
नाबालिग गायिकाले पल विरुद्ध जबरजस्ती करणीे जाहेरी दिएपछि फरार रहेका पलले पाँच दिनपछि तनहुँ प्रहरी सामु आत्मसमर्पण गरेका थिए। प्रहरीले उनलाई अदालतबाट सात दिनको अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।