पल शाह प्रकरण : पीडितले बयान फेरिन्


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
पल शाह प्रकरण : पीडितले बयान फेरिन्
तनहुँ । मोडल तथा अभिनेता पल शाहले बलात्कार गरेको भन्दै जाहेरी दिएकी नाबालिगले अदालतको बकपत्रमा बयान फेरेकी छन् ।

अभिनेता शाह  प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागारमा गइसकेका छन्।आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा पीडित नाबालिकाले आफू दबाबमा जाहेरी दिएको र बयानमा प्रहरीद्धारा झुठो विवरण बनाइएको बताएकी छन् । उनले बकपत्रमा आफू विरामी रहेको र  मानसिक अवस्था समेत ठीक नभएको भन्दै प्रहरीमा के के बयान गरेको हो सो समेत थाहा नभएको बताएकी थिइन्।

जिल्ला अदालत तनहुँ र नवलपुर दुबै अदालतले प्रारम्भिक सनुवाई गर्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतसम्म पुगेका थिए । मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन्। 

यद्यपी यसभन्दाअघि पीडित नाबालिकाले सार्वजनिक रुपमा धेरै ठाउँमा आफूमाथि बलात्कार भएको बताउदै आएकी थिइन् ।

अभिनेता पलले समेत बयानमा आफू मादक पदार्थ पिएर आधा बोतल बियर लिएर बालिकाको कोठामा गएको स्वीकार गरेका थिए। ज्ुान कुरा सार्वजनिक भएको अडियो क्लिपमा पनि स्पष्ट रहेको थियो  ।


अब कसरी अगाडि बढ्छ कानूनी प्रक्रिया 

पिडितले बयान बदलेसँगै मुद्दा स्वतह कमजोर बनेको छ । पहिला बलात्कारको आरोप लगाउने पछि बयान बदल्ने पीडितलाई नै कैद सजायको समेत कानूनी व्यवस्था रहेको छ ।यसअघि पनि उस्तै प्रकृतिका घटनामा अदालतले पिडकलाई सफाई दिदै पीडितलाई नै कैद सजाय तोकेको यस्ता धेरै नजिरहरु कानुनमा भेटिन्छन्, 

यो घटनामा पनि यस्तै सजाय तोकिन सक्ने कानुन व्यवसायी बताउँछन्। जुन कुरा न्यायाधीशको विचार  विवेकमा भर पर्छ। अधिवक्ता फडिन्द्र कार्कीका अनुसार पीडितले बकपत्र फेरे पनि अदालतले पीडक भनिएकाहरूलाई सजाय तोकेका यस्ता नजिरहरु पनि छन् ।

पीडितले बयान फेरे पनि प्रभावित भई होस्टाइल भएर जाहेरीमा भएको कुरालाई सहि सावित मानिएको खण्डमा अदालतले शाहलाई नै सजाय तोक्न सक्ने पनि हुनसक्छ । अधिवक्ता कार्कीले बताउँछन् । तर यहाँ पीडितले नै होइन भन्नेसम्मकोे कुरा आएकाले त्यो सम्भावना भने कम नै हुन्छ, उनले बताए । यदी पीडितले बयान फेरेको सहि सावित भएको खण्डमा अदालतले ६ वर्षसम्मको कैद सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।