अभिनेता पल शाह विरुद्ध परेको उजुरीमा जिल्ला अदालत तनहुँमा बकपत्रमा वयान फेरेकी पीडितले बुधबार नवलपुर जिल्ला अदालतमा बकपत्र गरिएको हो ।
जिल्ला न्यायाधिश नन्दकिशोर प्रसाद यादवको इजलाशमा वकपत्र गरिएको हो । वकपत्रमा उनले पीडक भनिएका अभिनेता पल शाहले कुनै जबरजस्ती नगरेको बताएकी थिइन् । नवलपुरमा पीडितको बुवा, कलाकार दुर्गा थापा, कृष्ण जोशी, सम्राट चौलागाई, मेडिकल रिपोर्ट, मेडिकल डाक्टर लगायतको बकपत्र हुँदैछ ।