Media Network

पल शाहलाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राखिने


खबरस्टोरी संवाददाता

२२ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। नाबालिग गायिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन्।  यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो। 

अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो।  न्यूनतम २५ दिनभित्र र अधिकतम ३५ दिनभित्र अदालतमा अभियोग पत्र दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। तर यो अवधि अनुसन्धानका लागि समय चाहिएको हकमा मात्र हो। 

अनुसन्धान सकिएको अवस्थामा प्रहरीले जुनसुकै दिन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव पठाउन सक्छ। र अदालतमा अभियोग पत्र दर्ता भएपछि बयान लगायतका प्रक्रिया र थुनछेकको बहस सकिएपछि अदालतले अवस्था हेरेर साधारण तारेख, धरौटी या मुद्दा अन्तिम किराना नलागेसम्म कारागारमै राख्न पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिन सक्छ।

शाहमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्लाबेग्दै मुद्दा दर्ता गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद