पल शाहलाई पक्राउ गर्न प्रहरी सक्रिय, टोली परिचालन


खबरस्टोरी संवाददाता
११ फाल्गुन २०७८, बुधबार
पल शाहलाई पक्राउ गर्न प्रहरी सक्रिय, टोली परिचालन

काठमाडौं– अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउको तयारी थालेको छ ।

पलको खोजीका प्रहरीको एउटा टोली नै खटिएको छ ।प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ  र ललितपुर खटिएको छ।सम्भवत पललाई आजै पक्राउ गर्ने प्रहरीको तयारीे छ ।१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पललाई पक्राउ गर्न लागिएको हो।