Media Network

पल शाहलाई पक्राउ गर्न प्रहरी सक्रिय, टोली परिचालन


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं– अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउको तयारी थालेको छ ।

पलको खोजीका प्रहरीको एउटा टोली नै खटिएको छ ।प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ  र ललितपुर खटिएको छ।सम्भवत पललाई आजै पक्राउ गर्ने प्रहरीको तयारीे छ ।१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पललाई पक्राउ गर्न लागिएको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद