Media Network

पल शाहलाई पुर्पक्षका लागि कारागार चलानको आदेश


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौ । नाबालिगमाथि जबरजस्ती करणीको अभियोग लागेका मोडल तथा अभिनेता पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । 

बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

म्युजिक भिडियो छायाङ्कनका क्रममा फरक फरक स्थानमा बलात्कार गरेको आरोपमा जाहेरी परेपछि शाह पक्राउ परेका थिए । शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले घटना हुँदा पीडितको उमेर १६ वर्षभन्दा कम भएकाले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसारको कसुर गरेको दाबी गर्दै कानुन अनुसार १४ वर्षको जेल सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।

थुनछेक बहसमा प्रतिवादीद्धय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद