Media Network

पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ। बलात्कार आरोपित पल शाह (पूर्ण विक्रम शाह) लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।

 एक १७ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि फरार रहेका शाहले आजै तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धानका लागि अदालतमा पेश गरी सात दिनको समय लिएको हो।

शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणमा जाहेरी परेको थियो। उनीविरुद्ध आजै नवलपुरको गैंडाकोटमा पनि जबर्जस्ती करणको जाहेरी परेको छ। 

त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणीको कसूरमा जिल्ला अदालतबाट म्याद लिइ शाहविरुद्ध अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद