Media Network

पल शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाण्डौँ । बलात्कार आरोपी अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरकाे गैंडाकोटमा अर्को उजुरी दर्ता भएको छ । नाबालिक गायिकलाई बलात्कार गरेको आरोपमा उनको परिवारले आइतबार शाहविरुद्ध नवलपुरमा अर्को जाहेरी दर्ता गराएको हो।

चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिए । उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए । अहिले उनी प्रहरी हिरासतमै छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए । 

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद