Media Network

पल शाहविरुद्ध तनहुँ अदालतमा बलात्कार मुद्दा दर्ता, १४ वर्ष कैद सजाय माग


खबरस्टोरी संवाददाता

८ चैत्र २०७८,मंगलवार

काठमाडौं। नाबालिग बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ  । सरकारी वकिलको कार्यालय तनहुँले जिल्ला अदालतमा बलात्कारविरुद्धको मुद्दा दर्ता गराएको हो । हिजो मात्र शाहमाथि गरिएको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको थियो ।

नाबालिका गायिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई १५ फागुनमा नियन्त्रणमा लिएको थियो । प्रहरीको फरार सूचीमा रहेका पल आफैं प्रहरी समक्ष पुगेका थिए । ११ फागुनमा नाबालिक गायिकाले पलविरुद्ध बलात्कार तथा यौन हिंसा गरेको भन्दै जाहेरी दिएकी थिइन् ।  

त्यस्तै जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार अभियोगपत्रमा १२ देखि १४ वर्षको जेल सजायको मागदावी गरिएको छ । उनका म्यानेजर कृष्ण जोशीलाई भने मतियारको रूपमा देखाइएको छ । उनलाई पललाई मागदावी गरेकाे सजायको आधा कैद सजाय माग गरेकाे न्यायाधिवक्ता शर्माले  बताए । अब जिल्ला अदालतले उनीहरूसँग बयान लिनेछ । त्यसपछि थुनछेक बहस हुनेछ । थुनछेकको बहस पछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने एक निर्णय हुने छ ।

यसअघि नै जिल्ला अदालत नवलपुरमा भने उनीविरुद्ध बलात्कार तथा यौन दुर्व्यवहार गरेको भन्दै अभियोगपत्र दायर गरिएको थियो । गत ३ चैतमा जिल्ला सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको थियो । 

नवलपुर अदालतमा पललाई १२ देखि १४ वर्ष जेल सजायको माग गरिएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको थियो ।  शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।



 

Share:
Reaction :
ताजा समाचार
खेलकुद