Media Network

पलले गरे आत्मसर्मपण, आज आफै प्रहरीमा जाँदै


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौँ।  मोडल तथा अभिनेता पल शाहले आफूविरुद्ध उजुरी परेपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

केही दिनदेखि फरार शाहको निजी बा ०१ –०२६ च – १०८४ नम्बरको निलो टाटा नेक्सन राती प्रहरीले सिंहदरबार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।गाडि नियन्त्रणमा लिए लगत्तै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आत्मसमर्पण गरेका हुन् । आइतबार आफै प्रहरी समक्ष जाने जानकारी दिएका छन् ।

“मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गीत गाउछु–२ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,”  “नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरि सामु म आफैं उपस्थित हुने जानकारी दिन चाहन्छु ।”  उनले लेखेका छन्। उनी फिल्म प्रमोशनको कार्यक्रममा समेत अनुपस्थित रहेर फरार भएका थिए ।


गायिका समीक्षा अधिकारीले प्रहरी समक्ष पलविरुद्ध उजुरी दिएपछि जिल्ला अदालत तनहुँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी केही दिनयता प्रहरीको फरार सूचिमा थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद