पलले गरे आत्मसर्मपण, आज आफै प्रहरीमा जाँदै


खबरस्टोरी संवाददाता
१५ फाल्गुन २०७८, आईतवार
पलले गरे आत्मसर्मपण, आज आफै प्रहरीमा जाँदै

काठमाडौँ।  मोडल तथा अभिनेता पल शाहले आफूविरुद्ध उजुरी परेपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

केही दिनदेखि फरार शाहको निजी बा ०१ –०२६ च – १०८४ नम्बरको निलो टाटा नेक्सन राती प्रहरीले सिंहदरबार क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।गाडि नियन्त्रणमा लिए लगत्तै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आत्मसमर्पण गरेका हुन् । आइतबार आफै प्रहरी समक्ष जाने जानकारी दिएका छन् ।

“मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म म यस्तो गीत गाउछु–२ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु,”  “नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरि सामु म आफैं उपस्थित हुने जानकारी दिन चाहन्छु ।”  उनले लेखेका छन्। उनी फिल्म प्रमोशनको कार्यक्रममा समेत अनुपस्थित रहेर फरार भएका थिए ।


गायिका समीक्षा अधिकारीले प्रहरी समक्ष पलविरुद्ध उजुरी दिएपछि जिल्ला अदालत तनहुँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उनी केही दिनयता प्रहरीको फरार सूचिमा थिए ।