Media Network

पललाई बुधबार नवलपुर अदालत लगिने


खबरस्टोरी संवाददाता

७ बैशाख २०७९,बुधबार

काठमाडौ । नाबालिगमाथि जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि तनहुँ जिल्ला कारागारमा रहेका मोडल तथा अभिनेता पल शाहलाई बुधबार नवलपूर पूर्व लगिने भएको छ। 

पललाई बकपत्रका लागि नवलपुरल जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो। त्यहाँ पनि उनै पीडितले बलात्कार विरुद्ध नै जाहेरी दिएकी थिइन्। दुवै जिल्लाका अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए।

त्यसविरुद्ध पल शाहले उच्च अदालत पोखरामा निवेदन दिइसकेका छन्। उच्च अदालतमा पनि केही दिन पछि सुनुवाइ हुँदैछ। यसअघि पीडित नावालिग, जाहेरवाला उनका बुबा र घटना हुँदा उनीहरुसँगै रहेका भनिएका केही कलाकारसँग अदालतले बयान लिएको छ। मंगलबार दुर्गेश थापाले पनि बयान दिएका छन्। 

त्यसअघि जाहेरवाला पीडितका बुबाको पनि बकपत्र भएको छ। हो। बुबासँगै हुँदा पीडितले आफूमाथि बलात्कार नभएको बताएकी थिइन्। मंगलबार जाहेरवालाको छुट्टै बकपत्र भएको हो। अदालतमा भएको बयानमा उनीहरु दुवैले बलात्कार नभएको बताएका छन्। यसअघिको जाहेरीमा गरिएको दाबी झुटो भएको र प्रभावित भएर दिएको उनीहरुको भनाई छ। यस्तै झुटो जाहेरी दिएको भन्दै पीडितमाथि नै सजाय हुन सक्ने समेत कानुनी व्यवस्था छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद