Media Network

प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

नेपालगञ्ज। नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको  र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद