प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला


खबरस्टोरी संवाददाता
१० चैत्र २०७८, बिहीबार
प्लाष्टिकमा बेरेको अवस्थामा एक युवकको शव फेला
नेपालगञ्ज। नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको  र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उनको भनाइ थियो ।