गिरफ्तारी पटियाला अदालतले सन् २०१८ मा सोही अदालतले सुनाएको दुई वर्षको सजायलाई समर्थन गरेपछि पक्राउ भएका हुन् । बलिउड हंगामाका अनुसार, दलेर मेहन्दीलाई सन् २००३ मा मानव बेचबिखन मुद्दामा दोषी ठहराइएको थियो, र २०१८ को सजायपछिको समीक्षा सुनुवाइमा, अदालतले उक्त निर्णयलाई कायम राखेको हो ।
यसअघि, पनि महेन्दीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो र पछि जमानतमा रिहा गरिएको थियो । अन्ततः अदालतले गायकलाई तत्काल पक्राउ गर्न आदेश दिएको हो । सजायको प्रकृतिअनुसार उनलाई भारतीय दण्डसंहिता (आईपीसी) र भारतीय राहदानी ऐनअन्तर्गत धारा ४०६, ४२०, १२० बी, ४६५, ४६८, ४७१ अन्तर्गत दोषी ठहर गरिएको थियो ।