पञ्जाबी गायक दलेर महेन्दी पक्राउ परे


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
पञ्जाबी गायक दलेर महेन्दी पक्राउ परे
चर्चित पञ्जाबी गायक दलेर महेन्दी पक्राउ परेका छन् ।उनी मानव तस्करी मुद्दामा पक्राउ परेका हुन् । पटियाला अदालतले सन् २०१८ मा सुनाएको दुई वर्षको सजायलाई समर्थन गर्दै सजाए सुनाएपछि पञ्जाबी प्रहरीले गायकलाई पक्राउ गरेको हो ।

गिरफ्तारी पटियाला अदालतले सन् २०१८ मा सोही अदालतले सुनाएको दुई वर्षको सजायलाई समर्थन गरेपछि पक्राउ भएका हुन् । बलिउड हंगामाका अनुसार, दलेर मेहन्दीलाई सन् २००३ मा मानव बेचबिखन मुद्दामा दोषी ठहराइएको थियो, र २०१८ को सजायपछिको समीक्षा सुनुवाइमा, अदालतले उक्त निर्णयलाई कायम राखेको हो । 

यसअघि, पनि महेन्दीलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो र पछि जमानतमा रिहा गरिएको थियो । अन्ततः अदालतले गायकलाई तत्काल पक्राउ गर्न आदेश दिएको हो । सजायको प्रकृतिअनुसार उनलाई भारतीय दण्डसंहिता (आईपीसी) र भारतीय राहदानी ऐनअन्तर्गत धारा ४०६, ४२०, १२० बी, ४६५, ४६८, ४७१ अन्तर्गत दोषी ठहर गरिएको थियो ।