गत ८ जेठमा लैनचौरमा एक व्यापारीको ३५ लाख लुटपाट भएको थियो । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए । एक किलो सुनको करिब ८० लाख पर्नेमा ३५ लाखमै पाइने भनेर ती व्यापारी प्रलोभनमा परी सस्तो सुन किन्न खोज्दा लुटिएका हुन् ।