काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) बसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका डीआईजी लामालाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।लामा आगामी ७ जेठमा उमेरहदका कारण अनिवार्य अवकाशमा जादैछन् ।