Media Network

प्रहरीको डीआईजी बढुवामा एसएसपीहरूको दौडधुप


खबरस्टोरी संवाददाता

१० चैत्र २०७८,बिहीबार

काठमाडौँ । नेपाल प्रहरीमा हालै मात्र थप गरिएको तीन एआइजीको पदमा उजुरीका कारण बढुवा प्रक्रिया रोकिएको छ।  महानिरीक्षक शैलेश थापा क्षेत्रीका  व्याजीहरूले आफुहरु बढुवामा नपरेकै कारण लोकसेवा आयोगमा उजुरी दिएका छन् । जसले गर्दा तत्कालका लागि बढुवा प्रर्क्रिया रोकिएको छ। 

आगामी बैशाख १९ गते तीसबर्षे सेवाअवधिको कारण  १९ जना डिआइजीहरु अवकाशमा जादैछन् । सो अवधिपश्चात रिक्त हुने पदमा बढुवाको लागि व्यापक प्रतिस्पर्धा र चलखेल सुरु भएको छ ।  २०७५ माघभन्दा अघिका तीन जना एसएसपीहरू नल प्रसाद उपाध्याय , मोहन कुमार आचार्य  र मसुद आलम खां डिआइजीका लागि प्रमुख दाबेदार हुन् ।  त्यसपछि २०७५ माघमा बढुवा भएकाहरू सन्दिप भण्डारी , टेक प्रसाद राई , उमेश जोशी , श्याम ज्ञवाली , दीपक थापा, रामदत्त जोशी , मिरा चौधरी , बुद्धि गुरूङ , किरण बज्राचार्य , पोष राज पोखरेल , टेकबहादुर तामाङ , बसन्त कुंवर  र भीम ढकालहरु लाइनमा देखिन्छन् ।

 यसका अलावा २०७७ बैशाख महिनामा बढुवामा परेका एसएसपीहरु पनि बढुवाको लागि प्रतिस्पर्धामा उत्रिएका छन् । जसमा एसएसपीहरु जनक भट्टराई , लालमणि आचार्य  बिष्णु केसी , कुबेर कडायत , केदार ढकाल , भरत बोहरा , अशोक सिंह , सुदिप गिरी , दुर्गा सिंह , किरण राणा , राजेशनाथ बांसतोला र यज्ञबिनोद पोखरेल रहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद