एक साताअघि सिफारिस भएकोमा उजुरी नपरेपछि बढुवाको निर्णय भएको हो ।बढुवा भएकाहरुको पदस्थापन भने भएन । आइतबार दज्र्यानी चिन्ह लगाएर पदस्थापन गर्ने तयारी छ ।
बढुवा सिफारिस हुनेहरुमा बसन्त बहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, रामदत्त जोशी, उमेशराज जोशी, किरण बज्राचार्य, किरण राणा, सुदीप गिरी, दुर्गा सिंह, मिरा चौधरी, भिम ढकाल, पोषराज पोखरेल, बुद्धीराज गुरुङ र टेकबहादुर तामाङ छन् ।हाल देशभरमा चार प्रदेशसहित केही ब्यूरोहरु हाल रिक्त छन् ।
स्रोतका अनुसार पदस्थापनमा कुरा नमिलेकाले पनि निर्णयमा ढिलाई भएको छ । आइतबार डिआइजीको पदस्थापन र एसएसपीहरुको सरुवा एकैपटक गर्ने तयारी छ ।