काठमाडौँ। गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरेको छ ।
जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी भरत बोहोराको सरुवा भएको छ ।त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी,लागुऔषध नियन्त्रण ब्युरोमा विकास राज खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी सरुवा भएका छन् ।