Media Network

प्रहरीका ६ एसपीको काज सरुवा


खबरस्टोरी संवाददाता

२९ माघ २०७८,शनिबार

काठमाडौ। प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो । 

चितवनमा रहेका एसपी ओमप्रसाद अधिकारी अख्तियार, महोत्तरीमा रहेका दिनेश आचार्य अपराध महाशाखा र बर्दियामा रहेका ईश्वर कार्कीको प्रहरी प्रधान कार्यालय कार्य विभागमा काज सरुवा भएको छ ।

बाग्मती प्रदेश कार्यालयमा रहेका अधिकारीलाई चितवन, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका पंगेनीलाई महोत्तरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका बिरेन्द्र शाहीलाई बर्दियामा काज सरुवा गरिएको हो । 


 



Share:
Reaction :
ताजा समाचार
खेलकुद