प्रहरीका एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला


खबरस्टोरी संवाददाता
९ पुष २०७८, शुक्रबार
प्रहरीका एसएसपी  यादव झुण्डिएको अवस्थामा मृत फेला

भैरहवा।  नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनको मृत्युबारे थप अनुसन्धान भैरहेको छ।