Media Network

प्रहरीको इन्स्पेक्टर भर्ना रोक्न असईले हाले मुद्दा


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौ । नेपाल प्रहरीको प्रहरी निरीक्षक भर्नामा बदनियत राखेको आरोपसहित उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छन् । 

एक जना विभागीय सहायक निरीक्षकले हालेको रिट निवेदन उपर सोमबार बसेको इजलासले विपक्षीलाई छलफलका लागि बोलाएको छ । उच्च अदालत पाटनका न्यायाधीशहरु बालेन्द्र रुपाखेती र जनदीश घिमिरेको इजलासले उक्त रिट निवेदनमा आज सुनुवाइ गर्दै विपक्षीलाई छलफलमा झिकाउने आदेश दिएको हो । इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

प्रहरीका असई आशीष घिमिरेले प्रहरी प्रधान कार्यालयविरुद्ध रिट निवेदन दायर गरेका हुन् । उनले हाल सञ्चालनमा रहेको प्रहरी निरीक्षकको भर्ना रोक्न र आफूलाई पनि भर्ना प्रक्रियामा सहभागी गराउन माग गर्दै २२ चैतमा रिट निवेदन गरेका थिए । 

नेपाल प्रहरीले गत मंसिरमा एक सय ४६ जना प्रहरी इन्स्पेक्टर माग गर्दै आवेदन खुला गरेको थियो । असई घिमिरे प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित इन्स्पेक्टर भर्नामा सहभागी भए पनि उनको हातमा रहेको दागका कारण ‘डिस्क्वालिफाइड’ भएका थिए । उनले नियत गलत राखेर आफूलाई फेल गराइएको रिट निवेदनमा उल्लेख गरेका छन् । हाल प्रतिष्ठानमा इन्स्पेक्टरको फिजिकल तथा मेडिकल जाँच चलिरहेको छ । 


 



Share:
Reaction :
ताजा समाचार
खेलकुद