प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी टेकप्रसाद राई


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी टेकप्रसाद राई
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईलाई दिइएको छ । 

एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।राई हालैमात्र डीआईजीमा बढुवा भएर महानिरीक्षक (आईजीपी)को सचिवालयमा पदस्थापन भएका हुन् । उनी दोस्रो नम्बरमा रहेर डीआईजीमा बढुवा भएका थिए ।

पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिँदै आएको भएतापनि आईजीपी सचिवालयमा अहिले एसएसपीको दरबन्दी रिक्त रहेकाले डीआईजी राईलाई प्रवक्ता तोकिएको हो ।