एसएसपी विष्णु केसीको काज सरुवा भएपछि राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।राई हालैमात्र डीआईजीमा बढुवा भएर महानिरीक्षक (आईजीपी)को सचिवालयमा पदस्थापन भएका हुन् । उनी दोस्रो नम्बरमा रहेर डीआईजीमा बढुवा भएका थिए ।
पछिल्लो समय एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिँदै आएको भएतापनि आईजीपी सचिवालयमा अहिले एसएसपीको दरबन्दी रिक्त रहेकाले डीआईजी राईलाई प्रवक्ता तोकिएको हो ।