वि.सं २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।
उनीहरू चारैजनाको डीआईजीको बलियो प्रतिस्पर्धीहरु हुन् ।सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरे नेपाल प्रहरीमा एउटा नयाँ इतिहास बन्नेछ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी भएमा प्रहरीमा अर्को नयाँ इतिहास रचिनेछ । नेपाल प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।
डीआईजी पूजा सिंह अहिले एआईजी बढुवा सिफारिसमा परेकी छन् । हालको डीआईजी बन्ने ब्याचबाटै सिंहपछि अर्को आईजीपी बन्नेछन् ।