Media Network

प्रहरीमा डीआईजीे बढुवा सिफारिस : वरियतामा ब्यापक हेरफेर,सिंह र कुँवरको छलाङ


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं। नेपाल प्रहरीमा नायब महानिरिक्षक–डीआईजीको रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ। बढुवा समितीले १५ महिना  जुनियर ४ जना एसएसपीहरुलाई पनि बढुवा सिफारिस गरेको छ।

२०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो।एसएसपीको वरियतामा भने ब्यापक हेरफेर भएको छ।

बढुवा सुचीको पहिलो नम्बरमा बसन्तबहादुर कुँवर परेका छन् । यसअघि उनी १२ नम्बरमा थिए । कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन्।  यसअघि दोस्रो नम्बरमा रहेका टेकप्रसाद दोस्रो नम्बरमै परेका छन् भने तेस्रो नम्बरमा अशोक सिंहले छलाङ मारेका छन् । सिंह यसअघि २० औं नम्बरमा थिए । यसअघि पहिलो नम्बरमा रहेका सन्दीप भण्डारी सातौं नम्बरमा पुगेका छन् । ६ नम्बरमा रहेका दीपक थापा चौथो नम्बरमा तानिएका छन् । 

यो ब्याचबाट आगामी चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन सक्ने छ। सिफारिसमा अशोक सिंह, किरण राना, दुर्गा सिंह र सुदीप गिरी सूचीमा रहेका अन्यभन्दा १५ महिना जुनियर एसएसपी हुन्।

उनिहरु २०७७ बैशाखमा एसएसपी भएका थिए। अन्य भने २०७५ माघमै एसएसपी बनेका हुन्। २०७५ माघमा एसएसपी बनेका सबै सिफारिसमा परेका छन्  १७ दरबन्दी रिक्त रहेकाले चार जना १५ महिना जुनियर एसएसपी पनि बढुवासुचीमा अटाएका हुन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद