Media Network

प्रहरीमा १७ डीआईजीका लागि २७ को दौड, शक्तिकेन्द्र रिझाउदै १५ महिने जुनियर एसएसपीहरु


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौ । नेपाल प्रहरीमा पछिल्लो समयमा व्यापक रुपमा राजनिती हस्तक्षेप हुन थालेको छ । प्रहरीमा हुने हरेक सरुवा बढुवामा सत्ताधारी दलहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अस्वभाविक चासो देखिन थालेको छ ।

प्रहरी बढुवामा वरीयता, कार्यकुशलता, व्यावसायिकतालाई प्रथम प्राथमिकतामा राखिने भनिए तापनि बढुवा सूची तयार पार्दा सम्म राजनितीक दल र नेताहरुसँगको सम्बन्ध र साठँगाठ गर्न सक्ने व्यक्ति नै अन्तत् लिस्टमा अटाँउछ, जसका कारण प्रहरी संगठनभित्रै व्यापक असन्तुष्टि देखिन थालेको छ ।

त्यसमा पनि झन शेरबहादुर देउवाको प्रधानमन्त्रीकालमा वा उनको नेतृत्वको सरकार रहेको बेला प्रहरी संगठन सबैभन्दा बढी विवादमा तानिने गरेको इतिहास नै छ । प्रतिष्पर्धामा जो–जो भए पनि बालुवाटारको र सत्तारुढ दलका शीर्ष नेताहरुको रोजाइमा पर्नेहरु नै डीआईजी बढुवामा पर्नेछन् ।

जसका लागि सत्ताधारी दलका शिर्ष नेता देखि उनका आसेपासे,आफन्तलाई  रिझाउन प्रहरी अधिकारीहरु सक्रिय हुने गर्छन्, तीनलाई रिझाउन जो सफल हुन्छ सम्भवत् वरियताक्रममा जहाँसुकै रहेतापनि उसले फड्को मार्ने निश्चित हुन्छ । जुन श्रृखला प्रहरीमा विगत केहि समयदेखि निरन्तर देखिएको छ ।

यतिबेला नेपाल प्रहरीमा ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएसँगै रिक्त १७ नायब महानिरीक्षक (डीआईजी)मा बढुवा हुन २७ जना एसएसपी प्रतिष्पर्धामा छन् । १७ डीआईजीका लागि दुई ब्याचका एसएसपीहरू दौडमा छन् ।

२०७५ माघमा बढुवा भएका १३ जना एसएसपी र त्यसको १५ महिनापछि अर्थात २०७७ बैशाखमा बढुवा भएका करिब डेढ दर्जन एसएसपीबीच रिक्त डीआईजी पदका लागि प्रतिस्पर्धा देखिएको छ । 

१७ दरबन्दी रिक्त रहेकाले कम्तिमा चार जना एसएसपीले आफूभन्दा १५ महिना सिनियर एसएसपीहरुसँगै डीआईजी बन्ने अवसर पाउनेछन् ।

नेपाल प्रहरीमा २०५१ चैत तथा २०५२ साउन र मंसिरमा जागिर सुरु गरेकाहरु अहिले एसएसपी रहेका छन् । एआईजीको दरबन्दी थप नभए र बढुवामा ज्येष्ठता कायम रहे यही ब्याचबाट आगामी चैतमा प्रहरी संगठनले नयाँ आईजीपी पाउने छ ।

२०७५ माघमा १४ जना एसएसपी बनेका थिए । तीमध्ये गणेश रेग्मी सेवा अवधिका कारण अवकाश पाइसकेका छन् । पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा उमेशराज जोशी, चौथोमा श्यामलाल ज्ञवाली, पाँचौँमा रेग्मी, छैटौँमा रामदत्त जोशी, सातौँमा दीपक थापा, आठौँमा मीरा चौधरी, नवौँमा बुद्धि गुरुङ र १० औँ नम्बरमा रहेर किरण बज्राचार्य बढुवा भएका थिए ।

२०७७ बैशाखमा बढुवा भएका १९ जनामध्ये वीरेन्द्रकुमार बस्याल, नवराज भट्ट, हृदय थापा, राजकुमार बैदवार र मुकेशकुमार सिंहले अवकाश पाइसकेका छन् । एसएसपीहरू जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल र चन्द्रकुवेर खापुङ किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।

पहिलो लटमा रहेका सबै १३ जना बढुवामा परेतापनि बाँकि ४ वटा रिक्त पदका लागि १५ महिना जुनियर एसएसपीहरु लागिपरेका छन्, ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद