Media Network

प्रहरीमा ६ एसएसपीे पद रिक्त, यी छन् बढुवाको लाइनमा ?


खबरस्टोरी संवाददाता

९ माघ २०७८,आईतवार

काठमाडौ । नेपाल प्रहरीमा ६ जना वरिष्ठ प्रहरी उपरीक्षक  (एसएसपी) को रिक्त पदका लागी यतिबेला प्रहरी भित्र बढुवाको चलखेल सु्रु भएको छ ।१२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताका कारण तत्कालका लागी बढुवा प्रक्रिया लम्बिएको हो । प्रहरीमा नरबहादुर केसी, विक्रमबहादुर चन्द, हरिराज वाग्ले र सुदीपराज भण्डारीले उमेरहदका कारण अनिवार्य अवकाश पाएका छन् । 

त्यस्तै एसएसपी सुशीलकुमार यादवको निधन र पूजा सिंह प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि हाल ६ जना एसएसपीको पद रिक्त छ । यतिबेला प्रहरी भित्र ६ एसएसपीका लागि निर्मला हत्याकाण्डको समयमा व्यापक चर्चा पाएका एसपी दिल्लीराज विष्टसहित दर्जन प्रहरी अधिकारीहरु बढुवाको दौडमा छन् । त्यस्तै उनका व्याचमेट एसपी गणेश चन्द पनि एसएसपी बढुवाका दाबेदार हुन् ।

एसपीहरू ईश्वर कार्की, दानबहादुर कार्की, उमा चर्तुवेदी, राजन अधिकारी, बामदेव गौतम, सिद्धिविक्रम शाह, हिमालयन श्रेष्ठ पनि एसएसपीको दौडमा छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद