Media Network

प्रहरीमा रिक्त १७ डीआईजी पदका लागि चलखेल सुरु


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको डीआईजी पदका लागि दाबेदारहरुको चलखेल सुरु भएको छ ।

प्रहरीको पाँच रिक्त एआइजी पदमा पाँचै जना डीआईजी प्रतिस्पर्धामा भएकाले विगतमा बढुवा प्रक्रियामा नअटेका पनि यो पटक सहज रुपमा परेका छन । जसका कारण बढुवामा ठूलो समस्या देखिएन् ।तर अब प्रहरीको डीआईजी बढुवामा भने परिस्थिति त्यति सहज भने देखिदैन् । अबको डीआईजी बढुवाले ९ महिनापछिको आइजीपीको समेत निक्र्यौल गर्ने हुदाँ बढुवामा तिव्र प्रतिस्पर्धा देखिएको छ । 

नेपाली राजनीतिको खेलबाट अछुतो रहन नसकेको प्रहरी संगठनमा हालका केही एसएसपीहरू पुर्ण रुपमा पावर र शक्तिको आडमा अस्वच्छ प्रतिस्पर्धामा उत्रिएका छन् ।

हाल नेपाल प्रहरीमा डीआईजीका १७ दरबन्दी रिक्त भएका छन् । जसमा खासगरी १७ एसएसपीबीच प्रतिस्पर्धा छ । 

एसएसपी बढुवा हुँदा पहिलो लटमा परेका १३ जनाको टोली डीआईजी बढुवामा प्रमुख दाबेदार छन् । जसमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् । यही टोलीभित्र टप ३ मा पर्न चर्को प्रतिस्पर्धा छ ।

त्यसपछि १४ जनाको टोली पनि अहिले डिआइजी हुने लाइनमा छ । जसमा जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशलाल बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङमध्ये पनि दरो लबिइङमा देखिन्छन् ।

गत वर्ष एसएसपी भएका उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद मैनाली, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोख्रेल, विकासराज खनाल पनि बढुवाको लाइनमा पंक्तिबद्ध छन्

Share:
Reaction :
ताजा समाचार
खेलकुद