Media Network

प्रहरीमा तीन एआइजीको दरबन्दी थपियो


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप गर्ने निर्णय गरेको छ । 

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन एआईजी थप गर्ने निर्णय गरेसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् ।

तीन एआईजीका लागि डीआईजीहरू धीरजप्रताप सिंह, उत्तमराज सुवेदी,  रविन्द्र धानुक, बसन्त लामा, दिवेश लोहनी, ईश्वरबाबु कार्की, बसन्त  पन्त, घनश्याम अर्याल र गणेशबहादुर ऐर दौडमा छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद